काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाबाटै चुनाव लड्ने भएका छन्। पछिल्ला केही साता यता शर्मा काठमाडौं-५ बाट चुनाव लड्ने चर्चा चल्दै आएको थियो। तर, शर्मा बुधबार बिहान सामाजिक संजाल मार्फत झापाबाटै चुनाव लड्ने बताएका छन्।
‘फेरि प्रस्ट्याऊँ वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो,’ उनले भनेका छन्, ‘काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न।’