शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ। उक्त रथयात्रामा लाखौँका संख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ। उक्त रथयात्रामा लाखौँका संख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन्।

National life

प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरे। 

यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ।

 छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारी उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।   -रासस

प्रकाशित: Aug 17, 2022| 10:37 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।