मंगलबार, जेठ २६, २०८३

यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल, संयुक्त रुपमा को-को चुनाव लड्दै छन्?

आगामी ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी ८४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। 

National life

आगामी ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ। रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले भने संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका छन्।

दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा दल दर्ता गराएका हुन्। उनीहरूले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन दिएका छन्।

Shivam cement

यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि एकै चिह्नमा चुनाव लड्ने गरी साउन ३१ मा दल दर्ता गराएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकै चुनाव चिह्न प्रयोग गर्नेगरी पार्टी दर्ता गराएका छन्। 

सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन्। निर्वाचन आयोगले एउटै चिह्न लिने गरी दर्ता भएका दललाई एउटै दलका रुपमा निर्वाचन प्रयोजनका लागि दर्ता गराएको छ।  

दल दर्ता गर्दा राजनीतिक दलले पेस गरेका कागजपत्र सही छन् कि छैनन् भन्ने बारेमा आजबाट नै जाँचबुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित: Aug 17, 2022| 09:15 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...