काठमाडौं- आयुर्वेद चिकित्सक लाइसेन्स परीक्षा भदौ ३१ गते हुने भएको छ।
आयुर्वेद चिकित्सा परिषद्-नेपालले आयुर्वेद स्नातक तह(बीएएमएस) उतीर्ण विद्यार्थीको परिषदमा नाम दर्ताका लागि परीक्षा लिन लागेको हो।
नाम दर्ता परीक्षाका लागि भदौ ५ गतेदेखि २० गतेसम्म आवेदन दिने समय तोकिएको छ। बिलम्ब शुल्क तिरेर २६ गतेसम्म आवदेन दिन सक्ने आयुर्वेद चिकित्सा परिषद्ले जानकारी दिएको छ।
विस्तृत जानकारीका लागि परिषदको कार्यलय नरदेवीमा सम्पर्क राख्न आग्रह गरिएको छ।