धनगढी- बाजुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ को रानी सामुदायिक वनमा चितुवा मृत फेला परेको हो।
चितुवा मृत फेला परेपछि खप्तड छेडेदह गाउँकार्यपालिका सदस्य सृजना विकले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मृत अवस्थामा फेला परको चितुवाको लम्बाई ६ फिट २ इन्च र चौडाई ४ इन्च छ। जिल्ला प्रहरी कार्यालय बाजुराको टोली गएर खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गरि निकुञ्जबाट आएको टोलीलाई बुझाएको बाजुरा प्रहरीले बताएको छ।