शनिबार, जेठ २, २०८३

सर्लाहीमा ३६ लाख नगदसहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

National life

काठमाडौं- सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 07:14 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।