बिहीबार, असार ३२, २०८३

बलात्कारको आरोपमा दानी पक्राऊ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-स्थानीय युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दानबहादुर दानीलाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका दानीलाई आइतबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । 

‘दानीले सोही ठाँउकी २२ वर्षीया युवतिलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिको हो,’ डिएसपी चौधरीले भने ‘आरोपीको बारेमा थप अनुसन्धान भैरहेको छ ।’ आरोपी पक्राउ परेपनि पीडित भनिएकी युवती भने प्रहरीको सम्पर्कमा आइ नपुगेको उनले बताए । युवती सदरमुकाम आइपुगेपछि मात्र घटनाको वास्तविकता थाहा उनले बताए । 

दानीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले पक्राउ गरी थप अनुसन्धानका लागि सदरमुकाम पठाएको छ । प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार दानीले घरमा एक्लै भएको मौकाछोपी बलात्कार गरेको आरोप युवतिले आरोप लगाएकी छिन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।