बिहीबार, वैशाख १०, २०८३

केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

नैरोवी- केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका प्रमुखले सोमबार राती उहाँ राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन्।

National life

नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नु भएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए। उनको यो भोट ५०.४९ भएको छ।

उनीसँग प्रतिष्पर्धामा उभिएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गरेका हुन्। यो सङ्ख्या ४८.८५ प्रतिशत हो।  

दुवै पक्षले प्राप्त गरेको मत अनुपात हेर्दा दुई जनाका बीचमा कडा प्रतिष्पर्धा भएको देखिएको छ। निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताए। उनले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गरे।

उनले भने, 'केन्याका जनताले देशको काम गर्ने जिम्मेवारी हामीलाई दिएका छन्, हामी इमान्दारिताका साथ त्यो जिम्मेवारी पुरा गर्नेछौं।'

kumari

प्रकाशित: Aug 17, 2022| 05:10 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।