बिहीबार, वैशाख १०, २०८३

भारतमा छ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

नयाँ दिल्ली- भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

National life

दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन्। उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।  

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।  

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाई छ।

भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ। 

kumari

प्रकाशित: Aug 17, 2022| 00:15 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।