बुधबार, फागुन २०, २०८२

जंगलमा भएको आगो गाउँ पस्दा रुसमा ६० घर जलेर ध्वस्त

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो। घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

मस्को- रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन्। जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन्। देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको जनाइएको छ।

मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाई छ।

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो। घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ।

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन्। उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ। अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन्।   

kumari

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु लगायत परिचालन गरिएको थियो। 

प्रकाशित: Aug 16, 2022| 23:45 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।