शनिबार, जेठ २, २०८३

बल प्रयोग गरेर १८६ टिप फोहोर पुर्‍याइयो बञ्चरे

बञ्चरेका स्थानीयसँग गरेको प्रतिबद्धतामा आफूहरू इमानदार भएको तर त्यसलाई सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका स्थानीय कार्यकर्ताले फोहोरी राजनीति गरिरहेको उनको मेयर बालेन्द्रको आरोप छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

National life

काठमाडौं- बञ्चरेडाँडाका स्थानीय राजनीतिक दलको अवरोधमाथि बल प्रयोग गर्दै मंगलबार १८६ टिपर फोहोर बञ्चरेडाँडा पुर्‍याइएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर बञ्चरे पुर्‍याइएको जानकारी दिएका हुन्। 

बञ्चरेका स्थानीयसँग गरेको प्रतिबद्धतामा आफूहरू इमानदार भएको तर त्यसलाई सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका स्थानीय कार्यकर्ताले फोहोरी राजनीति गरिरहेको उनको मेयर बालेन्द्रको आरोप छ। 

'प्रहरी प्रशासनको सहयोगमा आज १८६ फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन्। हाम्रो उद्देश्य छ, फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस्,' मेयर बालेन्द्रले फेसबुकमा लेखेका छन्, 'फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस्। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ।'

प्रकाशित: Aug 16, 2022| 19:32 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।