ललितपुर– जनैपूर्णिमाका दिन हरेक वर्ष पाटनस्थित बंगलामुखी मन्दिर परिसरमा कुम्भेश्वर मेला लाग्छ। सोही परिसरमा कुम्भेश्वर महादेवको मन्दिर छ। कुम्भेश्वर महादेव मन्दिरनजिकको कुण्डमा गोसाईंकुण्डको पानी आउने गरेको जनविश्वास रहिआएको छ।
छेउमै रहेको ढुंगेधारा परिसरमा पानी जमाएर बीचमा खट राखी नाग देवताको पूजा गर्ने चलन छ। बालबालिकाहरू त्यो पानीमा हामफालेर पौडी खेल्ने गर्छन्। यस दिन विभिन्न ठाउँका धामी–झाँक्रीहरू आफ्नो सिद्धी प्राप्तिका लागि पूजा गर्न आउने गर्छन्। जनैपूर्णिमामा तागाधारीहरूले यज्ञोपवित अर्थात् जनै फेरेर नयाँ लगाउने गर्छन्।
अनि, दानव र भूतप्रेतबाट बचाउने धार्मिक मान्यताअनुसार ब्राम्हणहरूले हातमा डोरो बाँधिदिन्छन्। बिहानीपख विधिपूर्वक स्नान र ऋषि तर्पण पनि गर्ने चलन छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधेको विश्वासमा हातमा डोरो बाँधिदिने प्रचलन बसेको हो।
जनैपूर्णिमाकै दिनमा तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने चलन पनि छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...