शनिबार, जेठ २, २०८३

'मधेशको माटो म'मा आए प्रथम उपराष्ट्रपति

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंहले पूर्वउपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक 'मधेशको माटो म' सार्वजनिक भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहकाबीच उपराष्ट्रपति कार्यालयमा पुस्तक लोकार्पण गरेका हुन्। 

National life

समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छेको जीवन जस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित, आश्चर्यचकित मोडहरु आउने र त्यसले सकारात्मक मोड ल्याउने भन्दै नेपाल राष्ट्रको जीवनमा पनि गणतन्त्र आउन सक्ने कसैले नसोचेकाले आश्चर्यचकित र अप्रत्याशित मोड भएको बताएका थिए। गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताए। 

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंहले पूर्वउपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए। 

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम राष्ट्रिय समाचार समिति धर्मेन्द्र झाले मधेशका भावना मधेशमा नै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्न पर्ने कर्तव्य भएको बताएका थिए। पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भटराईले पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताए। 

लेखनकुन्जका अध्यक्ष कमल ढकालले दशौँ हजार पुस्तक लेखी राज्यलाई बुझाउन आफूहरु दत्तचित्त भएको बताए। कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै कुराहरु पुस्तकमा आए पनि लेख्ने क्रममा धेरै कुरा छुटेको बताएका थिए।

प्रकाशित: Aug 16, 2022| 18:30 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।