बिहीबार, असार ३२, २०८३

सरकारले गर्यो चीन जोड्ने आठ रुटको पहिचान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाललाई चीनसँग जोड्ने आठ वटा रुटहरू पहिचान भएका छन्। उत्तरी हिमाली क्षेत्रमा यातायातका लागि तिब्बती राजमार्ग प्रयोग गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएयता ती रुट पहिचान गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष भएको सडक, रेल, जल, केबलकार र यातायात सम्बन्धको संक्षेप उपलब्धी तथा चालू आवको योजनासम्बन्धमा जानकारी गराएको छ। 

मध्यपहाडी मार्गमा ७५ किमि कालोपत्रे

सडकतर्फ नयाँ सडक आठ सय ७० किलोमिटर निर्माण भएको छ। त्यसमा नौ सय ५० किमि मर्मत भइरहेको छ। ७० वटा पुल पनि मर्मत भइरहेका छन्। 

पुष्पलाल (मध्यपहाडी) मार्ग ७५ किमि कालोपत्रे गरिसकिएको छ। त्यसमध्ये एक सय ४५ किमि ग्राभेल र १० वटा पुल निर्माण सम्पन्न भइसकेक छन्। 

रेलतर्फ
 
क्रस बोर्डर रेलवेअन्तर्गत् जयनगर-कुर्था खण्डको ३५ किमि ट्रयाकको काम सम्पन्न भई सेवा सञ्चालनको तयारी भइरहेको मन्त्रालयले जनाकएको छ। पूर्व-पश्चिम रेलवेअन्तर्गत् बर्दिवास–सिमरा रेल ट्रयाक निर्माण भइरहेको छ। 
मन्त्रालयका अनुसार केरुङ-काठमाडौं रेलको पूर्वसम्भाव्यता अध्ययन यही अगस्ट मसान्तसम्म सम्पन्न हुने गरी काम भइरहको छ। साथै, रक्सौल-काठमाडौं रेलको सम्भाव्यता अध्ययन शुरु भएको छ। 

अब सरकारले केबलकार चलाउने
 
यसअघि पर्यटन मन्त्रालयबाट सञ्चालन भइरहेको केबलकार भौतिक मन्त्रालयले सञ्चालन गर्ने भएको छ। त्यसका लागि कार्यविधि तयारी समितिले काम थालेको छ। 

यसैबीच, मन्त्रालयले सिन्डिकेट अन्त्य गर्ने कामको शुरु गरिसकेको जनाएको छ। मन्त्रालयका अनुसार लाइसेन्स प्राप्तिसम्बन्धी सहज वातावरण तयार गरेको र इम्बोस्ड नम्बर जडान शुरु भइसकेको छ। 

बानेश्वर र कोटेश्वरमा यात्रुले सडक पार गर्ने पुल

चालू आव ०७५/७६ मा बानेश्वर र कोटेश्वरमा यात्रुले सडक पार गर्ने पुल बनाउने सरकारी योजना छ। यस्तै, तीनकुने-जडिबुटी खण्डको सबवे बनाउने अध्ययन सम्पन्न गरी काम शुरु गरिने मन्त्रालयले जनाएको छ। 

यसैबीच, गण्डकी-कोशी र कर्णाली नदी हुँदै हिन्द महासागरसम्म पानीजहाज चलाउनेबारे भारत सरकारसँग द्विपक्षीय वार्ता भइरहेको छ। यस सम्बन्धमा ऊर्जा तथा जलस्रोत मन्त्रालयसँगको सहकार्यमा काम भइरहेको मन्त्रालयको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।