काठमाडौं– निर्वाचन आयोगले सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। मंगलबार आयोगले उनलाई नियुक्त गरेको हो।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्छ। त्यसका लागि दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
आयोगले सोही निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। निर्वाचन आयोग परिसरमै मुख्य निर्वाचन आयुक्तको कार्यालय स्थापना गरिएको छ।