बुधबार, फागुन २०, २०८२

सुकीमाथि थपिँदै जेल सजाय

७७ वर्षीया सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाइएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई त्यहाँको सैनिक सरकार समर्थित अदालतले भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय सुनाएको छ। सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ सुकीलाई भ्रष्टाचारको थप आरोपमा सोमबार दोषी ठहर गर्दै उनको पहिलेको ११ वर्षको जेल सजायमा ६ वर्ष थपेको हो।

७७ वर्षीया सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाइएका छन्। समाचार संस्था एपीका अनुसार सोमबार फैसला भएका चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरुपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा भाडामा लिएको र परोपकारी उद्देश्यका लागि चन्दा लिएर आवास निर्माण गरेको आरोप लगाइएको थियो। 

उनीमाथि स्वास्थ्य र शिक्षा प्रवद्र्धन गर्ने संस्था डाउ खिन कि फाउन्डेसन कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ। सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

२०२१ को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ।

सैनिक कू हुनुअघि २०२० नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो। चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो। म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि प्रजातन्त्र माग गर्दै भएको आन्दोलनमा १२०० बढी निर्दोष नागरिकलाई सैनिक सरकारले हत्या गरिसकेको छ। –एजेन्सी

kumari

प्रकाशित: Aug 16, 2022| 12:51 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।