सोमबार, जेठ २५, २०८३

आउँदो मंसिरको चुनावमा १० अर्ब खर्च अनुमान : निर्वाचन आयोग

आउँदो चुनावमा कुल मतदाता १ करोड ८२ लाख पुग्ने आयोगको अनुमान।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थित रूपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ। आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तर्जुमा र परिमार्जनको काम गरेको छ।

National life

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जुमाको काम गरेको हो। मिति घोषणापछि तयारीका लागि आयोगलाई १०७ दिन समय उपलब्ध छ।

निर्वाचनका लागि खर्च करिब १० अर्ब लाग्ने र कुल मतदाता संख्या करिब १ करोड ८२ लाख हुने आयोगको अनुमान छ। मतदाता नामावली अद्यावधिक कार्य प्रारम्भ, मतदान स्थलको पुनरवलोकन र समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान गरिसकेको छ।

निर्वाचनमा करिब १०,८२५ मतदान स्थल र अस्थायीबाहेक करिब २२,५०० मतदान स्थल रहनेछन्। बालिग मताधिकार प्रयोग गर्ने सिलसिलामा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका मतदातालाई मताधिकार हुनेछ।

Shivam cement

निर्वाचनलाई विश्वासनीय तुल्याउन मतगणना स्थलमा सिसीटिभी जडान र अनुगमन कार्यको थालनी आयोगले यसअघिकै निर्वाचनबाट प्रारम्भ गरिसकेको छ। राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई पनि सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने तयारी छ। मतदाता शिक्षाको ढाँचा परिवर्तन गरी आयोगले डिजिटल माध्यममा जोड दिएको छ।

आयोगले अघि सारेको मतदाता शिक्षासम्बन्धी नीतिका कारण प्रतिमतदाता खर्चमा उल्लेख्य कटौती भएको छ। निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत प्रतिशत घटाउन आयोगले विषयविज्ञ र राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद गरी सुझाव कार्यान्वयन गर्दै आएको छ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृती लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकार व्यवस्था गर्ने आयोगको सोच छ। निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन आयोगले विभिन्न तहमा अनुगमन संयन्त्रमार्फत चुनावलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न भगिरथ प्रयास गरिरहेको छ।

निर्वाचनलाई प्रभाव पार्ने मिथ्या सूचना र दुष्प्रचारलाई रोक्न अनुगमनको प्रभावकारी संयन्त्रको व्यवस्था सुरु गरिसकेको छ। उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने र उम्मेदवारको योग्यता, राजीनामा, पेस्की, बेरुजु आदि विषयमा स्वघोषणा लागू गर्ने सोच आयोगको छ।

आयोगले ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। निर्वाचन कार्यतालिकामा बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ।

‘स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले सबै कामलाई योजनाबद्ध र व्यवस्थित ढंगबाट अघि बढाइरहेको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन हामी तीव्र गृहकार्यमा छौं,’ उनले भने। –रासस

प्रकाशित: Aug 16, 2022| 12:26 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...