जुम्ला- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।
आयोगले असारबाट सुरु गरेको मतदाता नामावली संकलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए।
यही साउन १९ गते सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली संकलन बन्द भएको थियो।