शनिबार, जेठ २, २०८३

पत्रकार पोखरेलको निधन

बुटवलका एक जना पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

National life

रुपन्देही- बुटवलका एक जना पत्रकार बसन्त पोखरेलको निधन भएको छ । 

मंगलबार बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन्। 

वि.सं. २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी थिए। पोखरेल प्रेस सेन्टर नेपाल रुपन्देहीका सल्लाहकार थिए।

प्रकाशित: Aug 16, 2022| 08:50 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।