शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको विरोध

पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको विरोध

सोमबार महासंघले विज्ञप्ति जारी गर्दै महासंघले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- सर्लाहीस्थित बागमती नगरपालिकका मेयर भरतकुमार थापाले हिमाल पोस्ट डटकमका सम्पादक मोती खनाललाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सोमबार महासंघले विज्ञप्ति जारी गर्दै महासंघले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो। 

हिमाल पोस्ट अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले आर्थिक अनियमितता गरेको विषयमा समाचार प्रकाशन गरेको थियो। सोही समाचारका विषयमा सम्पादक खनाललाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएर धम्की दिएका थिए। समाचार नसच्याए ‘जे पनि गर्न सक्ने’ भन्दै धम्क्याएको पत्रकार खनालको भनाइ छ। 

'प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्याउने काम हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो,' नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।'

प्रकाशित: Aug 15, 2022| 20:21 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।