शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली र अमेरिकी सेनाबीच छाउनी र नगरकोटमा संयुक्त सैन्य अभ्यास हुँदै

नेपाली र अमेरिकी सेनाबीच छाउनी र नगरकोटमा संयुक्त सैन्य अभ्यास हुँदै

एक्स-ब्यालेन्स नेलको ३९ औं संस्करण अन्तर्गत नेपाल सरकारको रक्षा मन्त्रालयको स्वीकृतिमा श्री सिंह महावीर योजना तथा समन्वय शाखा अन्तर्गत रहेका रेञ्‍जर गणहरु र अमेरिकी सेनाको टुकुडीबीच संयुक्त सैन्य अभ्यास हुन लागेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदैछ।

National life

एक्स-ब्यालेन्स नेलको ३९ औं संस्करण अन्तर्गत नेपाल सरकारको रक्षा मन्त्रालयको स्वीकृतिमा श्री सिंह महावीर योजना तथा समन्वय शाखा अन्तर्गत रहेका रेञ्‍जर गणहरु र अमेरिकी सेनाको टुकुडीबीच संयुक्त सैन्य अभ्यास हुन लागेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुनेछन्। उक्त संयुक्त सैन्य अभ्यसामा लअ अफ आर्म्ड कन्फिल्कट, मिलिटरी डिसिजन मेकिङ प्रोसेसलगायतका विषयहरुमा केन्द्रित हुने बताइएको छ। 

उक्त सैन्य अभ्यास छाउनी र नगरकोट इलामा हुने पनि बताइएको छ। सेनाले भनेको छ, 'उक्त संयुक्त अभ्यासमा सहभागिताका लागि मित्रराष्ट्र अमेरिकी सेनाको टुकुडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्रीसहित साउन ३० गतर् नेपाल आइपुगेको जानकारी गराइन्छ।'

प्रकाशित: Aug 15, 2022| 19:51 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।