शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त

नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त

नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त भएकी छन्। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै प्रजापतिलाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

National life

काठमाडौैं– नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त भएकी छन्। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै प्रजापतिलाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेका हुन्। 

प्रजापति स्वास्थ्य मन्त्रालयको १० औं तहको नर्सिङ अधिकृत हुन्। यसअघिकी रजिष्ट्रार विन्दा घिमिरेको चार वर्षे पदावधि सकिएपछि काउन्सिलको रजिष्ट्रार पद रिक्त रहेको थियो। पद रिक्त हुँदा काउन्सिलबाट हुने केही सेवाहरु नै अवरुद्ध भएका थिए।

काउन्सिलमा रजिष्ट्रार नभएपछि परिषदले अस्थायी प्रमाणपत्र वितरण, लाइसेन्स परीक्षामा उत्तीर्णलाई जारी गर्ने प्रमाणपत्र वितरण, नवीकरण, प्रतिलिपि र भेरिफिकेसन सम्बन्धी कामहरु अर्को सूचना नभएसम्मका लागि रोकिएको बताएको थियो।

प्रकाशित: Aug 15, 2022| 17:18 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।