बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘बालिका हत्यामा न्याय माग्दा अर्को बालक मारिनुपर्ने यो कस्तो शासन हो ?’

‘बालिका हत्यामा न्याय माग्दा अर्को बालक मारिनुपर्ने यो कस्तो शासन हो ?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले एक बालिकाको बलात्कारपछि हत्याको घटनामा न्याय माग गर्दा अर्को बालकलाई मार्नुपर्ने कस्तो शासन नेपालमा आयो भन्दै संसदमा प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री देउवाले १० साउनमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयमा सरकारको धारणा माग गरे । निर्मला हत्या प्रकरण प्रतिनिधि घटना मात्र भएको उनको टिप्पणी थियो।

देउवाले निर्मला पन्तको हत्या निन्दनीय मात्र नभई जघन्य अपराध भएकाले यसलाई समाप्त गर्न र राजनीतिक पूर्वाग्रहभन्दा माथि उठ्न आग्रह गरे।

‘यस्ता घटना किन बढिरहेका छन्, अनुसन्धानमा किन ढिला भएको हो?’ देउवाले प्रश्न गरे, ‘हामी कस्तो राज्य बनाएको छौं, जहाँ स्वयं राज्य अपराधी र दोषीलाई बचाउन लागिरहेको छ?’ उनले निर्दोषलाई अपराधी करार गर्न राज्य नै लागेको र दोषीलाई संरक्षण गर्न राज्य लागेको बताए । 

देउवाले स्थानीय तहमा अचाक्ली कर वृद्धिले जनताको ढाड भाँचिएको बताउँदै कर तिर्नु नागरिकको अधिकार भन्ने विषय सैद्धानितक पक्ष भए पनि करअनुसार जनताले सुविधा नपाएको बताए। देउवाले संविधानको धारा २५० बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न सरकारले ढिलाइ गर्दा समस्या आएको बताए।

देउवाले संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीको समेत ध्यानाकर्षण गराउँदै संवैधानिक परिषद्मा आफैं नाम प्रस्ताव गर्ने अनि आफैं त्यस्तो निर्णय उल्ट्याउन लगाएर दोहोरो चरित्र प्रस्तुत गरेको आरोप लगाए।

‘कार्यपालिका र व्यवस्थापिकाको कालो छायामा न्यायालयलाई राख्ने प्रयास गरिएको छ,’ देउवाले भने, ‘तर, न्यायालायमा रिक्तता नहोस् भनेर हामीले अर्कोे व्यक्तिलाई सिफारिस गरेका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।