शुक्रबार, असोज ९, २०८३

कृषि क्षेत्रमा थप १००० नेपाली कामदार लैजाँदै इजरायल

यसअघि केयर गिभरमा १००० बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि उक्त संख्या थपेको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– कृषि क्षेत्रमा नेपालबाट थप १००० हजार नेपाली कामदार लैजाने नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ। यसअघि केयर गिभरमा १००० बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि उक्त संख्या थपेको हो। 

सोमबार मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने बताएका हुन्। मन्त्री–राजदूतबीचको भेटमा दुई देशबीचको श्रम सम्झौताबारे छलफल मन्त्रालयले बताएको छ।

इजरायली राजदूत गोदेर यसअघि सहायक कामदारको रूपमा १,१४७ जना कामदार इजरायल पुगिसकेको जानकारी दिएका थिए। इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो।

प्रकाशित: Aug 15, 2022| 15:10 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्