सोमबार, जेठ २५, २०८३

प्रज्ञा प्रतिष्ठान देश चिनाउने धरोहर : प्रधानमन्त्री देउवा

कला, संस्कृति, इतिहास, दर्शन र साहित्य संरक्षण तथा प्रवद्र्धन भए मात्र मुलुकलाई विश्व समुदायले पहिचान दिने देउवाको जिकिर।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विविध जातजातिका कला–संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी बौद्धिक सम्पत्ति  प्रकाशनमा ल्याउनुपर्ने बताएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७औं बैठक उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला–संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए।

National life

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए।  कला, संस्कृति, इतिहास, दर्शन र साहित्य संरक्षण तथा प्रवद्र्धन भए मात्र मुलुकलाई विश्व समुदायले पहिचान दिने उनको जिकिर छ।

प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको उनले उल्लेख गरे। प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदान–प्रदानका लागि सम्झौता गरेकामा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिए।

उनले प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गरे। यसका लागि सरकारबाट सहयोग रहिरहने उनको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘ईबुक एप’ शुभारम्भ गरे।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बीचमा प्राज्ञिक नेतृत्व प्रदान गरी मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन प्रतिष्ठानले प्रशंसनीय  काम गरेको सुनाए।

Shivam cement

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यिक क्षेत्रका महत्त्वपूर्ण योजना सञ्चालनका लागि सरकारबाट बजेट बढाउनुपर्ने माग गरे। सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, पूर्वकुलपति बैरागी काँइला, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यलगायतले शुभकामना दिएका थिए।

९ असार २०१४ मा नेपालको भाषा, साहित्य, कला, संस्कृति, दर्शन र सामाजिकशास्त्र, विज्ञान–प्रविधिको अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक विचार–गोष्ठी, कार्यशाला/सम्मेलन आयोजना, नेपाल र मित्रराष्ट्रका प्राज्ञिक संस्थासँग भाइचारा सम्बन्ध कायम गरी प्राज्ञिक आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको हो।

नेपालको प्राज्ञिक गौरवलाई अध्ययन, अनुसन्धान, अनुवाद र प्रकाशनका माध्यमबाट विश्वव्यापी फैलाउने, विश्वको आधुनिक ज्ञान–विज्ञान र परम्परासँग सम्बन्धित प्रविधि नेपालमा भित्र्याउने प्रतिष्ठानको लक्ष्य छ। 

सुरुमा नेपाली साहित्य कला एकेडेमीका नाममा स्थापना भएको यो समय क्रममा ‘नेपाल एकेडेमी’, ‘रोयल नेपाल एकेडेमी’ र ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ हुँदै २०२६ मा कानुनी मान्यता पाएकोे थियो। गणतन्त्र स्थापनासँगै साविक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र संगीत–नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठान गठन व्यवस्था गरिएको थियो।

प्रकाशित: Aug 15, 2022| 14:51 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।