सोमबार, जेठ २५, २०८३

गुल्मीमा थपिए ५ हजार बढी नयाँ मतदाता

थपिएका नयाँ मतदातामा पुरुष २ हजार ७७० र महिला २ हजार ४४९ जना रहेको जिल्लास्थित निर्वाचन कार्यालयको विवरण।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

गुल्मी– गुल्मीमा पछिल्लो पटक ५ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। स्थानीय तह निर्वाचनपछि १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन १९ असारसम्म सञ्चालन गरिएको थियो।

National life

उक्त अवधिमा जिल्लामा ५ हजार २१९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले बताएको हो। निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय गरी दुई स्थानमा नयाँ मतदाता नामावली संकलन गरेको थियो ।

थपिएका नयाँ मतदातामा पुरुष २ हजार ७७० र महिला २ हजार ४४९ जना रहेको कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए। यो अवधिमा जिल्लाबाहिरका ५९ नयाँ मतदाताको नाम संकलन भएको उनको भनाइ छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २ लाख २४ लाख २०७६ मतदाता थिए। दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा मतदाताको अनुमानित संख्या २ लाख २९ हजार ४९५ पुगेको छ।–रासस

प्रकाशित: Aug 15, 2022| 14:23 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...