शुक्रबार, साउन १५, २०८३

विष्णुमतीमा हाम फालेका एक व्यक्तिको उद्धार

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ। आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको हो।

करिब ४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो।

ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनको बाहिरी शरीमा चोट नलागेको भए पनि बोल्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

उनको पहिचान र के कारणले हाम फाले भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 15, 2022| 09:59 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।