पोखरा- पोखरा महानगरपालिका भित्रका सबै विद्यालयमा भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ।
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखराका सामुदायिक तथा निजी विद्यालय एवं मन्टेसरीमासमेत स्थानीय बिदा दिएको हो।
पोखरा महानगरको शिक्षा महाशाखाले सूचना प्रकाशित गरी वर्षभरिबाट विद्यालय वा मन्टेसरी आफैँले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन निर्देशन दिइएको छ।
गुरुङ समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे मनाउने गरेका छन्। यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ।