बिहीबार, वैशाख १३, २०८१

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

triton college

युरो एकको खरिद दर १३० रुपैयाँ ४७ पैसा र बिक्री दर १३१ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ २७ पैसा र बिक्री दर १५५ रुपैयाँ छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३५ रुपैयाँ ०७ पैसा र बिक्री दर १३५ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५६ पैसा र बिक्री दर ९० रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०२ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

corrent noodles
Metro Mart

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 15, 2022| 06:31 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्