सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौँ- माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। 

National life

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो। 

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याललगायतको पनि उपस्थिति थियो। नेपाल पेको क्युआर सेवा सुरु भएसँगै ग्राहकहरुले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम–स्मार्ट (मोबाइल ब्यान्किङ एप्लिकेसन अफ एमबीएल) मार्फत भुक्तानी गर्न सक्नेछन्। 

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Aug 14, 2022| 17:24 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्