शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार्टर्ड एकाउण्टेण्टस संघ र एमएडब्लु इन्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

चार्टर्ड एकाउण्टेण्टस संघ र एमएडब्लु इन्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इण्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घबीच व्यापारिक सम्झौता भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इण्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घबीच व्यापारिक सम्झौता भएको छ। उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यको साथ भएको बताइएको छ।

कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लु इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताएका छन्।

यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक स्कुटर लिन सक्ने एकाउण्टेण्टस संघले बताएको छ। सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए। साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लुले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए।


प्रकाशित: Aug 14, 2022| 17:00 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्