सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो।

National life

यो कनफरेन्स विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो।

दुइ दिनसम्म संचालन भएको सो नेशनल कन्फरेन्समा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै विभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत कर्मचारीलाई सम्मान गरिएको थियो। 

रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गदै देशभर जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Aug 14, 2022| 16:55 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्