सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन्।

National life

विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट २४ वटा चित्र उत्कृष्ट भएका थिए। ती मध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस्ड कार’ नामक चित्र उत्कृष्टमा पर्न सफल भएको हो।

टोयोटाले ड्रिम कार आर्ट प्रतियोगीता विश्वका ७८ देशमा आयोजना गर्दै आएको छ। सन् २००४ बाट सुरु भएको यो प्रतियोगिताको फाइनलमा गएर पहिलो पटक नेपालको चित्र पुरस्कृत भएको हो।

टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ। जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालिका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालिका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालिकाले प्रतिस्पर्धा गर्ने गर्छन्।

निकिताले टोयोटा मोटर्स कर्पोरेसनको तर्फबाट ३ हजार डलर नगद पुरस्कार समेत प्राप्त गरेकी छिन्। उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले एक कार्यक्रम आयोजना गरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ। उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार एमको उपस्थिति रहेको थियो।

Shivam cement

प्रकाशित: Aug 14, 2022| 16:44 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्