आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ। कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा अवस्थित छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार दुई सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरूको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ। उक्त सम्झौतापत्रमा बुधबार अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल लिमिटेड)ले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित: Aug 14, 2022| 16:42 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्