काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सहयोग गरेको छ। कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको नि:शुल्क रुपमा उपचार गरिरहेको अस्पताललाई आइएमई जनरल इन्स्योरेन्सले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए। सो नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्नलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिए।
उनले यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।