शनिबार, असार १, २०८१

नेपाल आयो ‘रियलमी नार्जो ५०ए प्राइम’

रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ।

अल्ट्रा-स्लिक डिजाइन भएको यो फोनको तौल १९२.५ ग्राम छ। फोनमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा राखिएको छ, जसमा सुपर क्लोज फोकस भएका म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको ब्ल्याक एन्ड ह्वाइट लेन्स रहेको छ। साथै सेल्फीका लागि मोबाइलमा ८ मेगापिक्सेलको क्यामेरा छ।

६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको फोन युनिसक टी६१२ प्रोसेसरबाट सञ्चालित छ। यसमा ५००० एमएएच ब्याट्री दिइएकाे छ, जुन स्ट्यान्डबाई मोडमा ३९ दिनसम्म टिक्ने कम्पनीको दाबी छ। ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा यो फोन २१ हजार ७९९ रुपैयाँ किन्न सकिन्छ। 


प्रकाशित: Aug 14, 2022| 14:13 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्