सोमबार, जेठ २५, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ९ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २३ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०५ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 14, 2022| 06:50 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्