काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ९ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २३ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर