सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा हिमालयन बैंक

२०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा हिमालयन बैंक

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा बैंक छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८–०७९ को नाफाबाट सेयरधनीलाई २०.६२ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

National life

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा बैंक छ। बैंकको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ। बैंकका अनुसार रेगुलेटरी रिजर्भबाट ९ करोड ८९ लाख ७५ हजार फिर्ता  आएको छ। यसका साथै अघिल्ला वर्षमा उठ्न नसकेको रकम पनि फिर्ता आएछि बैंकलाई 'प्रोभिजनिङ'को भार पनि कम परेको हो। सम्भावित खराब कर्जाका लागि विनियोजित रकमलाई 'प्रोभिजिनिङ' भनिन्छ। प्रोभिजनिङमा भार कम पर्दा वितरणयोग्य नाफामा सकारात्मक असर परेको हो। 

अघिल्लो आर्थिक वर्षमा बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी २६  प्रतिशत लाभांश दिएको थियो। सो आवमा लाभांश वितरणमा राष्ट्र बैंकले बाध्यकारी व्यवस्था गरी नगद वितरणमा कडाइ गरेको थियो। चालू आवमा भने लाभांश वितरणमा बाध्यकारी व्यवस्था लागू नहुने प्रष्ट पारिसकेकाले केन्द्रीय बैंकले लाभांशमा नगदलाई जोड दिने आकलन गरिएको छ। 

गत आवमा हिमालयन बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा आम्दानी ३ अर्ब ७८ करोड थियो। त्यसैगरी गत आवमा बैंकको ब्याज आम्दानी बढेर १६ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी १० अर्ब ३७ करोड रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ। 

गत आवमा फी र कमिसनबाट बैंकले खुद ९१ करोड ४९ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो आवमा बैंकको यस्तो कमाइ ६९ करोड ८१ लाख रुपैयाँ मात्र थियो। बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ खुद सञ्चालन नाफा कमाएको छ। अघिल्लो आवमा यस्तोमा नाफा ७ अर्ब २२ करोड रुपैयाँ मात्र थियो। 

Shivam cement

त्यस्तै गत आवमा बैंकले १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ कर तिरेको छ। खुद नाफामा आएको कमीसँगै कर रकम पनि घटेको हो। अघिल्लो आवमा बैंकले १ अर्ब २७ करोड रुपैयाँ कर तिरेको थियो। गत आवमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ। अघिल्लो आवमा बैंकको खराब कर्जा ०.४८ रहेको थियो। 

त्यस्तै अघिल्लो आवको तुलनामा हिमालयन बैंकको लागत भने झन्डै दोब्बरले बढेको छ। अघिल्लो आवमा बैंकको लागत ४.६१ प्रतिशत रहेकोमा गत आवमा बढेर ८ प्रतिशत पुगेको छ। लागतका कारण पनि नाफामा कमी आएको बैंकको दाबी छ।

त्यस्तै बेस रेट पनि बढेर ९.८८ प्रतिशत पुगेको छ। अघिल्लो आवमा बैंकको बेस रेट ६.७४ प्रतिशत रहेको थियो। त्यस्तै स्प्रेड रेट पनि बढेर ४ प्रतिशत पुगेको बैंकले जनाएको छ। बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसा रहेको छ। बैंकको तरलता अनुपात २३.४८ प्रतिशत रहेको छ। 

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकको तरलता अनुपात २० प्रतिशतभन्दा कम हुनु हुँदैन। बैंकसँग जतिधेरै तरलता हुन्छ त्यति नै बैंक कर्जा प्रवाहका लागि सक्षम देखिन्छ। हिमालयन बैकको सिडी (कर्जा निक्षेप अनुपात) रेसियो पनि ८८.८० पुगेको छ। हालसम्म राष्ट्र बैंकले सीडीमा निक्षेप र डिबेन्चरलाई पनि मिसाउन दिएकोले हिमालयन सहज अवस्थामा देखिएको हो।

राष्ट्र बैंकका अनुसार सीडी रेसियो अनिवार्य रुपमा ८० प्रतिशत हुनुपर्छ। अघिल्लो आवमा बैंकको सीसीडी ८५.७४ प्रतिशत रहेको थियो। गत आवबाट मात्र राष्ट्र बैंकले सिडी रेसियो लागू गरेको हो। 

बैंकसँग हाल निक्षेप १ खर्ब ६८ अर्ब ४१ करोड रहेको छ भने १ खर्ब ४७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तो निक्षेप तथा कर्जा अघिल्लो आवमा क्रमशः १ खर्ब ४१ अर्ब १ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। 

त्यस्तै हिमालयन बैंकको सेयरपुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ छ भने बैंकको रिजर्भ ६ अर्ब ४६ करोड ८७ लाख  रुपैयाँ रहेको छ। बैंकको रिजर्भ अघिल्लो आर्थिक वर्षभन्दा कम छ। अघिल्लो वर्ष बैंकसँग रिजर्भ ६ अर्ब ५१ करोड रुपैयाँ रिजर्भ रहेको थियो। 

आवश्यकता अनुसारको विशिष्ट सेवा प्रदान गर्ने, नयाँ प्रोडक्ट र सेवा लन्च गर्ने, नेटवर्कलाई थप मजबुत बनाएर नयाँ बिजनेस खोज्नका लागि लागिरहने पनि प्रतिबद्धता बैंकले जनाएको छ।

प्रकाशित: Aug 14, 2022| 09:16 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्