शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विवाद समाधान कुरिरहेको नेपाल सुपर लिग

मोफसलका क्लबहरू नेपालको मूल धारको फुटबलमा अट्न नसकेको बेला पछिल्लो समय विराटनगरदेखि धनगढीसम्मका खेलाडीलाई समेटेर मूलधारमा ल्याउने जमर्को गरिरहको अवरुद्ध नेपाल सुपर लिग सञ्चालन हुने संकेत।
 |  शनिबार, साउन २८, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, साउन २८, २०७९

काठमाडौं– भारतमा फुटबलका दुई शीर्ष डिभिजन लिग भएको सात वर्षपछि बल्ल समाधान भेटिएको छ। समाधान भेटिए पनि यी दुई लिगले पूर्णता भने पाएका छैनन्।

triton college

यसको प्रशासनिक काम सकिन अझै दुई वर्ष लाग्नेछ। अनि उसको आई लिगलाई इन्डियन सुपर लिग(आईएसएल)ले डोमिनेट गरिसकेको छ।

नेपालमा पनि केही अघिसम्म भारतको आई लिगजस्तै फुटबल पिरामिड थियो– सहिद स्मारक लिग। यसका विभिन्न स्तर पहिले पनि थिए र अहिले पनि छन्। तर पछिल्लो समय ‘डी’ डिभिजन लिग नेपालमा छैन।

यदि कुनै क्लब सहिद स्मारक ‘ए’ डिभिजनमा खेल्न चाहन्छ भने उसले पहिले ‘सी’ डिभिजन छनोट खेलेर त्यसमा विजेता वा उपविजेता बन्नुपर्ने हुन्छ। त्यसपछि ‘सी’ र ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजनसम्म पुग्न सकिन्छ। तर यो प्रक्रिया लामो छ। सजिलो छैन।

शीर्ष डिभिजन खेल्ने खेलाडी तलको डिभिजनमा नखेल्ने हुँदा सोही स्तरका खेलाडी प्रयोग गरेर क्लबले अर्को डिभिजनमा खेल्नुपर्ने हुन्छ। यो विश्व फुटबलको पराम्परागत शैली हो। संसारभर यही शैलीको फुटबल खेलिन्छ।

Metro Mart
vianet

तर नेपालको लिगमा केही फरक छ। लिगमा काठमाडौंका क्लबको नै दबदबा छ। त्यसैले मोफसलका क्लबहरू पनि नेपालको मूल धारको फुटबलमा आउन चाहिरहेका छन्। तर सहिद स्मारक लिगमा आउन सहज नभएपछि उनीहरूले नयाँ बाटो रोजेका छन्। यसले गर्दा झन्झटिलो यात्रामा जानु परेन।

पछिल्लो समय नेपालमा चर्चा पाउनेमा सहिद स्मारक लिग मात्र छैन। गत वर्ष नेपालमा नयाँ तरिकाले फुटबल खेलाइयो– नेपाल सुपर लिग (एनएसएल)। त्यही बाटोबाट पूर्वका विराटनगरदेखि पश्चिमको धनगढीसम्म राष्ट्रिय फुटबलको मूलधारमा आएको महसुस गरिरहेका थिए। यसरी देशभरलाई समेटेर फुटबल खेलाउने काम गर्यो, नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले।

पहिलो पटक लिलामीमार्फत खेलाडी विभिन्न क्लबमा छुट्याएर खेल खेलाइएपछि नेपाली फुटबल फ्यानले आयोजकसँगै एनएसएलको खुबै तारिफ गरे। राम्रा विदेशी खेलाडीसँगै वास्तविक फुटबलको अभ्यास गर्न नचुकेको प्रतियोगिता नेपाल सुपर लिग फेरि हुन सकेको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा), ‘ए’ डिभिजन लिगका क्लब र सुपर लिग आयोजकबीच विवाद बढ्दै गएपछि प्रतियोगिता आयोजना हुन नसकेको हो। तर बिहीबार एन्फा मुख्यालयमा बसेको बैठकले यो प्रतियोगिता आयोजनाबारे छलफल गर्ने र यसको समाधान गर्ने जनाएको छ।

शीर्ष डिभिजन खेल्ने खेलाडी तलको डिभिजनमा नखेल्ने हुँदा सोही स्तरका खेलाडी प्रयोग गरेर क्लबले अर्को डिभिजनमा खेल्नुपर्ने हुन्छ। यो विश्व फुटबलको पराम्परागत शैली हो। संसारभर यही शैलीको फुटबल खेलिन्छ।

त्यसैका लागि एन्फाले अध्यक्ष पंकजविक्रम नेम्बाङको संयोजकत्वमै समिति बनाएको छ। अब त्यो समितिले नै एनएसएलसँग सम्झौता गरेर आयोजनाबारे निर्णय गर्नेछ। तर उसले सँगसँगै २३ असोजबाट एनएसएल हुने निर्णय पनि गरेको छ। यद्यपि, प्रतियोगिता गर्ने/नगर्ने टुंगो छैन, मिति घोषणा भइसक्यो।

यस्तो विवादित निर्णय किन भयो? एन्फा महासचिव किरण राईले भने, ‘हामीले प्रतियोगिता नगर्ने भनेकै छैनौं। एनएसएल नगर्ने भनेको पनि छैन। ‘त्यहाँ भएका सम्झौताका आपत्तिजनक र प्रश्न उठेका बुँदालाई हटाउन ‘स्टक होल्डर’ ले भन्नुभएको छ। हामीले त्यो सम्झौता खारेज गरेका छौं। नयाँ सम्झौता गर्ने तयारी छौं।’

एन्फाको विधान, अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्लबसँगको सम्बन्ध र प्राविधिकसँगको सुमधुर सम्बन्धलाई अघि बढाउन सम्झौता पुनर्विचार गर्ने निर्णयमा एन्फा पुगेको उनी बताउँछन्। यी सबै कुरा मिले मात्र प्रतियोगिताले गति लिन सक्ने उनको बुझाइ छ।

अहिले सुपर लिग हुनुहुन्न भनेर केसैले नभनेको महासचिव राईले स्वीकारे। त्यसैले उनलाई लाग्छ, सुपर लिगबारे विवादहरू धेरै भएका छन्। उनले यस विषयमा सहमति बनाइने पनि सुनाए।

मोफसलका क्लबहरू नेपालको मूल धारको फुटबलमा अट्न नसकेको बेला पछिल्लो समय विराटनगरदेखि धनगढीसम्मका खेलाडीलाई समेटेर मूलधारमा ल्याउने जमर्को गरिरहको अवरुद्ध नेपाल सुपर लिग सञ्चालन हुने संकेत देखिएको छ।

अहिले एन्फाले एनएसएलसँग गरेको सम्झौताअनुसार यो प्रतियोगितालाई फिफा र एएफसीको मान्यता दिलाउने भन्ने बुँदा समेटेको छ। यही कुरालाई अहिले एन्फा कार्यसमिति र ‘ए’ डिभिजन क्लबहरूले रुचाएका छैनन्। त्यस्तै, खेलाडीबारे पनि यी दुई लिगको विवाद कायमै छ। भारतमा जस्तै सुपर लिगले सहिद स्मारक लिगलाई डोमिनेट त गर्ने होइन भन्ने शंका पनि पैदा भएका छन्।

‘यस विषयका लागि हामीले एन्फाको गाइडलाइन, अन्तर्राष्ट्रिय फुटबलको नियमभित्र रहेर यहाँका स्टेक होल्डरको सहमति लिएर गर्नुपर्छ,’ राईले बिहीबारको बैठकपछि भने।

तर राईले भनेजस्तै सुपर लिगले नेपालको फुटबललाई ‘डोमिनेट’ नगर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएल घोषणामै बताएका थिए। सुपर लिग घोषणा कार्यक्रममा शेर्पालाई अब नेपालको शीर्ष डिभिजनको फुटबल कुन हुन्छ? अनि एन्फाको मुख्य प्रतियोगिता कुन हुनेछ भनी सोधिएको थियो। शेर्पाले भनेका थिए, ‘एन्फाको मुख्य प्रतियोगिता सहिद स्मारक लिग नै हुनेछ भने शीर्ष प्रतियोगिता ‘ए’ डिभिजन लिग नै हो।’

यस्तै विषय उठान गर्दै पहिलो संस्करणपछि नै एनएसएललाई विवादमा तानियो। यदि सबै विषयमा सहमति भएको अवस्थामा मात्रै आगामी २३ असोजबाट नेपालमा दोस्रो संस्करणको सुपर लिग सुरु हुनेछ।

तर २३ असोजमा दसैं सकिएकै हुने छैन। फेरि मन्त्रिपरिषद् बैठकले नै आगामी २८ असोजदेखि ३ कात्तिकसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने भएको छ। यस्तोमा एनएसएल गर्न कत्तिको सहज होला? ‘छलफल हुन्छ। सबै कुरा मिलेपछि मितिमा केही फेरबदल हुनु राम्रै। हामीले नियत हेर्ने हो। यो विषयमा क्लबहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ,’ राईले भने।

एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका सीईओ सुदीप शर्माले चाँडै यी सबै कुरा सुल्झियोस् भन्ने चाहेको बताएका छन्। उनले भने, ‘उहाँ(एन्फा) र हाम्रो टिमबीच अब कुरा हुन्छ। यसले सबै विषय समाधान गर्छ। अहिले तोकिएको मितिबारे कुरा गर्नुभन्दा पनि हामीले चाहेको एउटा बिन्डो मात्र हो।’

उनी चार-पाँच दिनमा विवाद समाधान गर्न सकिए प्रतियोगिता समयमै हुने उनी बताउँछन्। ‘एन्फाले मिति तोकेर हामीलाई प्रतियोगिता गर्न दिए जहिल्यै तयार छौं। तर सुपर लिग आयोजना गर्न हामीलाई कम्तीमा पनि डेढ महिनाको समय चाहिन्छ। २३ असोजबाट गर्न अहिले ढिलो भइसकेको छ। त्यसैले एन्फाले चार÷पाँच दिनभित्रै हामीसँग छलफल गरेर सबै कुरा सुल्झाउनुपर्छ भन्ने हो।’

तर अहिले सुपर लिगले भारतमा जस्तै नेपालको लिगलाई नै दबाबमा राख्ने शंका गर्नेहरू पनि छन्। के एनएसएलको योजना पास्तवमै यस्तै हो?

जवाफमा सुदीपले भनेका छन्, ‘होइन। अन्तर्राष्ट्रिय ‘बडी’बाट मान्यता प्राप्त गरेको नेपालको लिग भनेको सहिद स्मारक लिग नै हो। हामीले निजी स्तरबाट एक-डेढ महिनाका लागि प्रतियोगिता मात्र गर्ने भनेको हो। हाम्रा विजेताले फिफा एएफसीको प्रतियोगितामा पनि भाग लिँदैनन्। त्यसैले हामीले चाहेको पनि एक-डेढ महिनाको सानो मिति मात्र हो। हामी ‘ए’ डिभिजन लिग सात-आठ महिनै चलाउन सकिन्छ।’

तर अहिले एन्फाको राजनीतिक किचलो देखेर एनएसएल आफैं सशंकित बनेको सहजै बुझ्न सकिन्छ। स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले पनि धेरै प्राविधिक राखेर प्रतियोगिता सञ्चालन गरिरहेको छ। यदि एन्फाले लामो समयका लागि सम्झौता नगर्ने हो भने एनएसएल आयोजक र क्लबहरूले खर्च मात्र गर्न नसक्ने सुदीप बताउँछन्।

प्रकाशित: Aug 13, 2022| 20:10 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।