शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कोरोना बढे पनि प्रदेशका मन्त्रीहरु नै पालाना गर्दैनन् स्वास्थ्य मापदण्ड

कोरोना बढे पनि प्रदेशका मन्त्रीहरु नै पालाना गर्दैनन् स्वास्थ्य मापदण्ड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसे। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बुधबार उनी देखापरे। संक्रमणमुक्त भएलगत्तै सार्वजनिक स्थानमा देखापरेका मुख्यमन्त्री राईले कोभिड-१९ विरुद्धको सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेनन्।
 |  बुधबार, साउन २५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन २५, २०७९

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसे। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बुधबार उनी देखापरे। संक्रमणमुक्त भएलगत्तै सार्वजनिक स्थानमा देखापरेका मुख्यमन्त्री राईले कोभिड-१९ विरुद्धको सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेनन्। बुधबार सप्तकोशीको बाढीका कारण विस्थापीत भएकाहरुको अवस्था बुझ्‍न उदयपुरको बेलका पुगेका मुख्यमन्त्री राईसँगै रहेका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वो र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पनि मास्क पनि प्रयोग गरेका थिएनन्। 

triton college

मंगलबार सुनसरीको इटहरीमा भएको विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादव मास्क विनै कार्यक्रममा सहभागी भएका थिए। विभागिय मन्त्री यादवले नै कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन्। 

प्रदेश १ मा दैनिक कोरोना संक्रमण बढ्दो छ। जनस्वास्थ्यका विज्ञहरुले भदौमा संक्रमणदर उच्च हुने बताईरहेका छन्। दैनिक देशभर ८ हजार सम्म संक्रमित हुने प्रक्षेपण गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको अवस्थामा सरकारका मन्त्रीहरु नै सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगर्ने गरेको पाईएको हो। 

मोरङ कारागार कोरोनाको हटस्पट बनेलगत्तै मोरङ प्रशासनले संक्रमण नियन्त्रण गर्नका आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको थियो। प्रशासन निर्णयलाई कडाईका साथ कार्यन्वयन गराउने बताईरहँदा सरकारका मन्त्रीहरु भने सार्वजनिक कार्यक्रम, समारोहमा मास्क विनै सहभागि हुने गरेका छन्। 

सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगरी आयोजित कार्यक्रम।  

corrent noodles
Metro Mart

जनस्वास्थ्यका मापदण्डहरुनै पालना गराउने निकायमा बसेकाहरुनै गैरजिम्मेवार हुँदा संक्रमण बढ्दै गएको जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले बताए। मापदण्ड पालना गर भन्नेहरुले नगरेपछि आमसर्वसाधारणले पनि वेवास्ता गरेको उनको भनाई छ। उनले भने,‘मन्त्री, सामाजिक क्षेत्रका अगुवाहरुनै गम्भीर बनेको देखिएन।’ कोभिड १९ विरुद्धको तीनवटै खोप लगाएकाहरुलाई पनि अहिले संक्रमित भईरहेको उनले बताए। जनस्वास्थ्यकर्मी श्रेष्ठले भने,‘ धेरैलाई खोप लगाएको छु केही हुँदैन भन्ने होला, यो सोचाई राख्नु गलत हो।’ अगुवाहरुबाटै व्यवहार परिवर्तन नभएको उनले बताए। श्रेष्ठले भने,‘कार्यक्रममा सहभागी भएका मन्त्रीहरुले मास्क प्रयोग गरे पो अरुले पनि गर्छन्। मन्त्रीले नलगाएपछि अरुलाई पनि मतलब भएन।’

पछिल्लो तीन सातामा प्रदेशमा १ हजार ३३८ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा एक जनाको मृत्यु भएको छ। दैनिक औसतमा ५० जनामा संक्रमण देखिने गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने गरेको दैनिक कोभिड तथ्यांकमा देखिन्छ। मन्त्रालयका अनुसार बुधबार सम्म सक्रिय संक्रमितको संख्या ४४० रहेको छ।  १४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने ४२६ जना होमआइसोलेसनमा छन्। 

प्रदेश १ मा बुधबार सम्म १ लाख ७३ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण भएका मध्ये २ हजार २६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Aug 10, 2022| 20:32 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।