सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खर्ब पुग्यो विद्युत् प्राधिकरणको आम्दानी, ३ अर्ब ८८ करोडको निर्यात

खर्ब पुग्यो विद्युत् प्राधिकरणको आम्दानी, ३ अर्ब ८८ करोडको निर्यात

गत आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपाल विद्युत प्राधिकरणले एक खर्बभन्दा बढी आम्दानी गरेको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- गत आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपाल विद्युत प्राधिकरणले एक खर्बभन्दा बढी आम्दानी गरेको छ। आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणले जानकारी दिएको हो। 

National life

प्राधिकरणको नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आवभन्दा १६४ प्रतिशत बढी भएको प्राधिकरणको अनुमान छ। ऊर्जा खपतमा भएको २७ प्रतिशत वृद्धि, निर्यात वृद्धि, १६ प्रतिशत उत्पादन वृद्धि, चुहावट न्यूनीकरण र खर्च व्यवस्थापनका कारण नाफा बढेको प्राधिकरणको भनाइ छ। 

आव २०७२/७३ मा प्राधिकरणको घाटा ८ अर्ब ८९ करोड रुपैयाँ थियो। आव ०७३/७४ मा १ अर्ब ५० करोड नाफा कमाएको प्राधिकरणले २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको थियो। तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो।

प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। आव २०७८/७९ मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ। आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ। विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ।

आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९ मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ। आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो। आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या ५३ लाख (सामुदायिक सहित) पुगेको छ।

Shivam cement

प्रकाशित: Aug 10, 2022| 19:59 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्