सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ल्याए दुई नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ल्याए दुई नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा संयुक्त रुपमा दुई प्रकारका कार्ड सञ्चालनमा ल्याएका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा संयुक्त रुपमा दुई प्रकारका कार्ड सञ्चालनमा ल्याएका छन्।  हिमालयन बैंक–अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक–अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरी दुई किसिमका कार्डहरु संचालनमा ल्याइएको हो।

National life

यो क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताका लागि उपयुक्त रहेको बैंकले जनाएको छ। त्यस्तै प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित छ। प्रयोगकर्ताले ती कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पनि पाउने बैंकको भनाइ छ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले ती कार्डबाट विभिन्न मुलुक भ्रमण गर्नेलाई सुविधा हुने बताए। अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले दुबै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभ हुने बताए।

यो क्रेडिट कार्डका प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा ३ हजार रुपैयाँसम्म प्रतिवर्ष नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले प्रिपेड कार्डमार्फत अनलाइन भुक्तानी तथा स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा २ हजार ५ सय रुपैयाँ प्रति वर्ष नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार क्रेडिट कार्डका प्रयोगकर्ताले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ गर्दा १ रात निःशुल्क सेवा पाउने, युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइक्समा १० प्रतिशत सम्मका छुट प्राप्त गर्न सक्ने छन्।

Shivam cement

प्रकाशित: Aug 10, 2022| 18:16 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्