शुक्रबार, असोज ९, २०८३

इसेवा मनि ट्रान्सफरबाट कमलले जिते ५० हजार

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ।

अफरमा १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स कारोबार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधिभर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु ५,००० प्रदान गरिएको थियो।

यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु ५०,००० व्यवस्था गरिएको थियो, जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवासी कमल कमर भएका छन्। उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।


प्रकाशित: Aug 10, 2022| 17:53 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्