शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं महानगरले गत वर्ष खर्चियो ४४.२४ प्रतिशत बजेट

काठमाडौं महानगरले गत वर्ष खर्चियो ४४.२४ प्रतिशत बजेट

चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गर्न मेयर बालेन्द्रको जोड।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– काठमाडौं महानगरले गत आर्थिक वर्षमा ४४.२४ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ। बुधबार महानगरको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो। 

National life

गत आर्थिक वर्षका लागि महानगरले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो। यसमध्ये ७ अर्ब ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ खर्च भएको छ। बैठकमा महानगरप्रमुख बालेन्द्र साहले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कर्मचारीले जनप्रतिनिधिले बनाएका नीति प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै महानगर प्रवक्ता नवीन मानन्धरले प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालू आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।

बैठकमा विभाग, आयोजना, इकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ। गत वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्यांकनका लागि समीक्षा बैठक आयोजना गरिएको हो।

प्रकाशित: Aug 10, 2022| 16:27 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्