सोमबार, जेठ २५, २०८३

भरतपुर महानगरले ठड्याउँदै नयाँ प्रशासनिक भवन

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकाले ७८ करोड बढी खर्चिएर नयाँ भवन निर्माण गर्न लागिएको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

चितवन– भरतपुर महानगरले नयाँ  प्रशासनिक भवन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ। भरतपुर महानगर र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभीबीच ठेक्का सम्झौता भएको हो।

National life

भवन निर्माणका लागि ७८ करोड ११ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। कम्पनीले करसहित ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको छ। ३० महिनाभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकाले नयाँ भवन निर्माण गर्न लागिएको हो। महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिइन्।

अर्थ मन्त्रालय, बागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चितता गरेर भवन निर्माण गर्न लागिएको उनको भनाइ छ। संघीय सरकारबाट ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित गरिएको महानगरले बताएको छ।

नयाँ भवन निर्माणपछि सेवाग्राहीलाई एकै ठाउँबाट सेवा दिइनेछ। भवन शिलान्यास गत ११ चैतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। ६ तले भवनको क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुनेछ भने भवनमा दुइटा लिफ्ट, सांस्कृतिक हल र पुस्तकालय रहनेछन् । त्यस्तै, प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहने भवनमा १५८ साना– ठूला कार्यकक्षसहित २२१ कोठा हुनेछन्।

Shivam cement

प्रकाशित: Aug 10, 2022| 13:23 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्