सोमबार, जेठ २५, २०८३

नेपालका तारे होटलमा ८ हजार बढीलाई रोजगारी

विभागको तथ्यांकअनुसार एकतारेदेखि पाँचतारे डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी उक्त संख्यामा रोजगारी सिर्जना भएको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– नेपालमा सञ्चालन भइरहेका १६४ तारे होटलमा ८,५०३ जनाले  प्रत्यक्ष रोजगारी पाएको पर्यटन विभागले विवरण सार्वजनिक गरेको छ। विभागको तथ्यांकअनुसार एकतारेदेखि पाँचतारे डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी उक्त संख्यामा रोजगारी सिर्जना भएको हो।

National life

विभागले यो साधारण र पर्यटकीय स्तरका होटलबाहेकको तथ्यांक रहेको बताएको छ। तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी होटल दुईतारे स्तरका होटल छन्। दुईतारे स्तरको होटल संख्या ४३ रहेकामा यिनमा औसत २७.९७ जना कामदारले काम पाएको देखिएको छ। 

सबैभन्दा धेरै कामदार पाँचतारे होटलमा कार्यरत छन्। नेपालमा कुल १६ वटा पाँचतारे होटल दर्ता भएका छन्। यी होटलमा औसतमा २४१ जना कामदारले रोजगारी पाएका छन्।

एकतारे होटलले १५.७० जनालाई रोजगारी दिएको विभागको तथ्यांक छ। विभागका अनुसार अहिले पर्यटन विभागमा १०९ वटा साधारण रिसोर्ट दर्ता छन्। यी रिसोर्टले २ हजार ४६० जनालाई रोजगारी दिएका छन्। 

प्रकाशित: Aug 10, 2022| 12:14 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्