शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन र सिभिल बैंकले पायो मर्जरका लागि सैद्धान्तिक सहमति

हिमालयन र सिभिल बैंकले पायो मर्जरका लागि सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो। 

गत बुधबार बसेको राष्ट्र बैंकको सञ्‍चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकलाई मर्जरको लागि सैद्धान्तिक सहमति दिएको हो। साथै अन्य थप ६ वटा बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि स्वीकृति दिएको हो। 

राष्ट्र बैंकका अनुसार सीबाईसी लघुवित्त र आँधीखोला लघुवित्त, मिर्मिरे र बुद्धज्योती लघुवित्त संस्थालाई पनि मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो। 

राष्ट्र बैंकमा हालसम्म १२ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको पाइपलाइनमा छन्। जसमध्ये १० वटालाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने २ वटा वाणिज्य बैंकले सैद्धान्तिक स्वीकृति पाउन बाँकी छ। 

मेगा र नेपाल इन्भेष्टमेण्ट, बैंक अफ काठमाडौं र ग्लोबल आइएमई बैंक हुन्। भने, वित्ततर्फ सीवाईसी-आँधीखोला लघुवित्त र मिर्मिरे-बुद्धज्योतीले मर्जर तथा प्राप्तिको सैद्धान्तिक सहमति पाइसकेका छन्। प्रभु र सेञ्चुरी बैंक सैद्धान्तिक सहमतिको पर्खाइमा छन्।


प्रकाशित: Aug 09, 2022| 21:12 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्