सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • काम नसकिँदै उद्घाटन गरेपछि मेलम्चीमा थपियो समस्या, पानी पठाउन बन्द गरियो

काम नसकिँदै उद्घाटन गरेपछि मेलम्चीमा थपियो समस्या, पानी पठाउन बन्द गरियो

वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

मंगलबार, साउन २४, २०७९

काठमाडौं- वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो। 

triton college

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तका अनुसार मेलम्ची खानेपानी आयोजनाले गत असारमा जस्तै बाढी आएमा आयोजना नै क्षतविक्षत हुने डरका कारण काठमाडौंमा पानी नपठाएको हो। 

उनले भने, ‘गत वर्ष भाग्यवस हामीले असार १ गतेदेखि काठमाडौंमा पानी पठाउन रोकेका थियौं, असार २ गते मेलम्चीमा ठूलो बाढी आयो र आयोजनाको हेडवाक्स नै बिगारिदियो। तर यसपाली भने हामीले वर्षा नलाग्दै मेलम्चीको पानी बन्द गरेका छौं।’

आयोजनाले २०७८ चैतदेखि नै काठमाडौंमा पानी पठाए पनि वैशाख ५ बाट मात्र वितरण सुरु गरेको हो। सो अस्थायी प्रकृतिको भएका कारण लामो समय सुरुङ मार्गमार्फत पानी पठाउन नसकिएको पन्तले जानकारी दिए। 

उनका अनुसार गत असारमा आएको बाढीका कारण अझै पनि सडक बनि नसकेको र गाउँपालिका वा सडक विभाग कसले गर्ने भन्‍ने विषयमा टुंगो लागेको छैन। सडक कसले बनाउने भन्‍ने विषयमा टुंगो नलाग्दा पनि मेलम्ची खानेपानी आयोजनाका कतिपय कामहरु सुरु हुन सकेका छैनन्। जसले गर्दा स्थायी रुपमा आयोजनाले काठमाडौंमा पानी पठाउन नसकेको उनको तर्क रहेको छ। 

corrent noodles
Metro Mart

यसपापटक पनि सुक्खा मौसम लागेपछि (गत वर्षको झैं चैतपछि) फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने पन्तले बताए। 

२०७८ फागुन १० मा मेलम्चीको सुरुङमा पानी भर्न थालिएको थियो। साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो। सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो।

पहिलोको कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो। त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए-नभएको अध्ययन गर्नुपर्ने थियो। तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोजना उद्घाटन गर्नुपर्ने हतारो भएपछि करिब २५ दिनमा सकिने कामहरु नै नसकी मेलम्ची खानेपानीको उद्घाटन गरेका थिए। प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे-नपरेको अध्ययन नगर्न आयोजनालाई दबाबसमेत दिएको थियो। प्रोटकल मिच्दा उद्घाटन २ महिना अगाडि सरेको थियो। 

हतार–हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे-नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन्। छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो। भरिएको सुरुङ खाली गराएर कहाँ–कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो। तर सरकारले काम अधुरै रहँदा नै उद्घाटन गरेको भन्दै विज्ञहरुले आलोचना समेत गरेका थिए। 


प्रकाशित: Aug 09, 2022| 21:04 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्