काठमाडौं– मोबाइल वालेट कम्पनी नमस्ते पेले आफ्नो एपमा लोयल्टी पोइन्ट सेवा सुरु गरेको छ। योसँगै नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पेमा उपलब्ध विभिन्न सेवा प्रयोग गरेवापत लोयल्टी पोइन्ट प्राप्त गर्नेछन्।
यसअन्तर्गत प्रयोगकर्ताले हरेक १०० रूपैयाँको खर्चमा २ पोइन्ट प्राप्त गर्नेछन्। त्यस्तै ८ ओटा पोइन्ट बराबर १ रुपैयाँ प्राप्त हुने कम्पनीले जनाएको छ। सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले लोयल्टी पोइन्ट संकलन गर्न सक्नेछन्। यो कोइन प्रयोग गरी विभिन्न भ्वाइस–डेटा प्याक र टप–अप रिडिम गर्न सकिने कम्पनीले जनाएको छ।
विभिन्न कुपन र अनलाइन शपिङ भौचर जित्ने मौका, विशेष अवसरमा प्रयोगकर्ताले ‘एनपी पोइन्ट’लाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न समेत सकिने जनाइएको छ। एयरलाइन्स टिकटह, होटलहरू, ट्रिपहरू र थप डिजाइन गरिएका अभियानमा समेत प्रयोगकर्ताले पोइन्ट रिडिम गर्ने मौका पाउने कम्पनीले जनाएको छ।